अन्तर्वार्ता

जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्‍याउन प्रयत्नशील रहनेछु : जापानी राजदूत किकुता (अन्तर्वार्ता)

युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुन्। जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन्। यसअघि उनी नाइजेरियाका लागि राजदूत थिए। त्यो भन्दाअघि उनले भुटानमा डेपुटी चिफ अफ मिसन र सन २०१५ मा भारतमा पनि डेपुटी चिफ अफ मिसनका रुपमा रहेर काम गरेका थिए। यसअघि थाइल्यान्ड, नेदरल्यान्डलगायतका देशमा रहेका जापानी मिसनमा रहेर काम गरेका अनुभवी कूटनीतिज्ञ किकुता हालैमात्र नेपालका लागि जापानी राजदूतमा नियुक्त भएका हुन्। प्रस्तुत छ उनीसँगको राससका सोमनाथ लामिछाने र एकराज पाठकले गरेको कुराकानीको सम्पादित… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ । यस्तै हवाई… पुरा पढौ

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण पार्टी कतै विभाजनमा पुग्ने त होइन भन्ने संशय उत्पन्न भएको छ । गत निर्वाचनमा वाम गठबन्धनका माध्यमबाट करीब दुई तिहाइको जनादेशपछि जनभावनानुसार एकताबद्ध नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका पाँच सदस्यका असन्तुष्टि र आरोपपत्र सार्वजनिक भएपछि अब… पुरा पढौ

‘हामीले सम्झौता र सहमतिको दस्तावेजका रूपमा संविधान बनायौँ’

काठमाडौं। नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चुनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न अतुलनीय भूमिका खेलको थिए। भिन्न राजनीतिक आन्दोलन, सिद्धान्त र पृष्ठभूमिबाट आएका राजनीतिक दललाई निरन्तर सम्वादको माध्यमबाट एक ठाउँमा ल्याएर नेपाली जनताको लामो समयदेखिको चाहना, सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा संविधानसभाबाट संमावेशी संविधान जारी गराउन सफल नेकपा संसदीय दलका उपनेता नेम्वाङकै सुझाव,… पुरा पढौ

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वराष्ट्रपति मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनका छोराले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो भने उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । With a Heavy Heart , this is to inform you that my father Shri #PranabMukherjee has just passed away inspite of the best efforts… पुरा पढौ

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि भन्छन्, ‘नेपालमा कोभिड-१९ महामारी प्रारम्भिक चरणमा छ”

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका क्वारन्टीनमा धेरै सङ्क्रमित फेला परेका छन्। सङ्क्रमण अन्यत्र पनि फैलिन सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन्। केही जनस्वास्थ्यविज्ञले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण उत्कर्षमा पुग्न तीव्र गतिमा बढ्न लागेको चेतावनी दिइरहेका छन्। यसैबीच कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी नेपालको पछिल्लो स्थिति, तयारीको अवस्था र सरकारले कडाइका साथ लागु गरेको लकडाउन लगायतका विषयमा बीबीसी संवाददाता संजीव गिरीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यान्डिलियरसँग कुराकानी गरेका छन्। प्रस्तुत छ… पुरा पढौ

नेपाल कसैको छोटे भाइ होइन : महासचिव पौडेल

काठमाडौँ, जेठ १४ गते ।  भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बनाएर नेपाली जमीनलाई डुबाउने गरेको छ । यति मात्र होइन, नेपाल सरकारको अनुमति नै नलिई भारतीय सीमारक्षक बलका बर्दीधारी प्रहरी नेपालको भित्री भागसम्म घुसेका कैयाँैंं घटना छन् । लामो समयदेखि देखा परिरहेको यस्तो मिचाहा प्रवृत्तिविरुद्ध नेपाली जनता आन्दोलित रहँदै आएका हुन् । यस्तो आन्दोलनको आह्वान र नेतृत्व गर्नेमा खासगरी नेपालका वामपन्थी दलहरू नै हुने गर्छन् ।यसपालि लिपुलेक, लिम्पियाधुरा र कालापानीका… पुरा पढौ