रोजगार

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

दमौली । तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले बुधबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार मन्त्रालयको परिपत्रअनुसारै उक्त काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै… पुरा पढौ

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ । एक साता लामो सो तालिमपछि स्थानीय किसानका एक सय ६० च्याङ्ग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा आठ सयवटा च्याङ्ग्राको भुवा नमूना सङ्कलन गरिने छ । नेपालमा पहिलोचोटी गर्न लागिएको च्याङ्ग्राका भुवाको गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ । मुस्ताङमा उत्पादन हुने च्याङ्ग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले… पुरा पढौ

एक दिवसीय प्यालियेटिभ केयर सम्बन्धि तालिम

पोखरा । हाम्रो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत गएको २९ फागुनमा प्यालियेटिभ केयरसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । निसिखोला गापा अन्तर्गत अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिंग सेन्टरमा सातवटै स्वास्थ्य सेवा केन्द्रका एक÷एक जना स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसहित १२ जना सहभागीहरुलाई १ दिने घाउ चोटको हेरचाह, ब्याण्डेजको सही प्रयोग र प्यालियेटिभ केयरसम्बन्धी अभिमुखीकरण तालिम दिइएको हो । तालिमको सहजीकरण नेपाल–इज च्यारिटी युकेका प्यलियटिभ केयर बिशेषज्ञ नर्सद्वय क्लेयर सेली र सारा गामुटले गरेका थिए । निसीखोला गाउँपालिका बागलुङको संयोजनमा कर्मपÞm्लाइट्स पÞmाउण्डेशन नेपालले… पुरा पढौ

युएई र कतारमा बाइक राइडर र ट्याक्सी चालकलाई रोक

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा बाइक राइडर र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय बाइक राइडर र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति माग पत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद… पुरा पढौ

‘सीप भए पैसा कमाउन गाह्रो छैन’

धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा आए । रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९… पुरा पढौ

प्रेमबहादुरको संघर्ष: ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैंसी पालन’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीका प्रेमबहादुर घर्ती मगर उमेरले ७४ वर्ष पार गरे । उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुर्ख्यौली रूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैंसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन् । ६ बहिनी छोरी र दुई भाइ छोरा समेतको पारिवारिक जिम्मेवारीलाई घर्ती मगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन् । हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्ती मगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै… पुरा पढौ

आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं । आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । यसअघि काठमाडौँ उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो । वर्तमान सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायको सेवा प्रवाहलाई सुगम, सरल र कम… पुरा पढौ