रोजगार

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिने

Mardi News
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे । श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए । यस क्षेत्रका व्यवहारिक कठिनाइ… पुरा पढौ

श्रमिक ठगिनु हुँदैन भन्नेमा दृढ छु : मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उहाँले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “वैदेशिक रोजगारीमा जाने कुनै पनि श्रमिक ठगिनु हुँदैन भन्नेमा म दृढ छु”, उहाँले भन्नुभयो, “यस क्षेत्रलाई व्यवस्थित बनाउन भएका कानूनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ ।” वैदेशिक रोजगारीका क्रममा नेपाली… पुरा पढौ

कडकनाथ कुखुरा पालेर मनग्य आम्दानी

बनेपा । व्यावसायिकरूपले कडकनाथ (कालो कुखुरा) पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन् । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ । विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ । त्यसबाट हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला रु २०० का दरले बिक्री हुँदै आएको छ । ‘यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने… पुरा पढौ

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङ, ११ असार । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पु¥याउने जनाएको हो । यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए । गाउँपालिकाभित्रका विद्यालयलाई… पुरा पढौ

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं । सरकारले आगामी वर्ष २०७८/७९ को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था गरेका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए । पुरा पढौ

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित

काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पुर्‍याइने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागु हुनेछ । सोअनुसार नौ हजार ३८५ आधारभूत पारिश्रमिक र पाँच हजार ५१६ महँगी भत्ता गरी… पुरा पढौ

कागजको ग्लास उद्योग सञ्चालनमा

हेटौंडा । मकवानपुरको हेटौंडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित ३० लाख लागतमा हेटौंडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो ।  पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपाने बताए ।  उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी… पुरा पढौ