रोजगार

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित

काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पुर्‍याइने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागु हुनेछ । सोअनुसार नौ हजार ३८५ आधारभूत पारिश्रमिक र पाँच हजार ५१६ महँगी भत्ता गरी… पुरा पढौ

कागजको ग्लास उद्योग सञ्चालनमा

हेटौंडा । मकवानपुरको हेटौंडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित ३० लाख लागतमा हेटौंडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो ।  पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपाने बताए ।  उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी… पुरा पढौ

स्याउको ‘हव’ बन्दै मुड्केचुला

जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।   तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई स्याउको ‘हव’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ… पुरा पढौ

खरिदारको लोक सेवा खुल्यो (विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो । दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ । १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरुको हकमा ४०… पुरा पढौ

कोरोना महामारीमै विदेश जाँदै युवा

कर्णाली, ६ फागुन । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ । कोरोना महामारी शुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन् । तीमध्ये ४९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा… पुरा पढौ

पर्यटन व्यावसायी महिला संघ (टेवान) ले डिजिटल मार्केटिङ तालिम दिदै

पोखरा । पर्यटनमा समान सहभागिता भन्ने नारा लिएर स्थापना भएको पोखराका पर्यटन व्यावसायी महिलाहरुको संस्था टेवानले आफ्ना सदस्यहरुको व्यावसायिक सीप र दक्षता अभिबृद्धि गर्ने हेतुले दुइदिने डिजिटल मार्केटिङ तालिम संचालन गरेको छ। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आर्थिक सहकार्यमा लेकसाइडस्थित टीका रिसोर्टमा हुने तालिमको औपचारिक शुभारम्भ कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले सीप सिकेमा भोकै मर्न नपर्ने बताउनुभयो। महिला शसक्तिकरण तथा तालिमको लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो।… पुरा पढौ

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

काठमाडौँ, ८ माघ । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गरे । प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । सम्झौता अनुसार ५०० नेपाली युवा… पुरा पढौ