रोचक विश्व

दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो

सउल, २२ पुस । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै… पुरा पढौ

थाईल्यान्डमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय

गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले अनलाइनमार्फत्‌ पहिल्यै भुक्तानी गर्नुपर्ने व्यवस्था शुरू गर्‍यो। थाईल्यान्डको पीबीसी च्यानलका अनुसार बीस हजार जति मानिसले पाँच करोड थाई भाट बराबरको भौचर खरिद गरे। तर पछि कम्पनीले माग पूरा गर्न नसक्ने भन्दै रेष्टुराँ बन्द गर्‍यो। सयौँ मानिसले उजुरी गरेको आधारमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे। थाईल्यान्डमा उजुरीको सङ्ख्याका आधारमा ठगी गरेको प्रमाणित भएकाहरूलाई लामो जेलसजाय दिइनु असामान्य चाहिँ होइन। यद्यपि थाई कानुनले मानिसहरूलाई ठगी गरेको अभियोगमा २० वर्ष जेलसजाय तोकेको छ। खानाको प्रवर्द्धनमा गल्ती… पुरा पढौ

फ्रान्समा नीयान्डर्टाल आदिमानव बसेको गुफामा ५० हजार वर्ष पुरानो डोरी फेला पर्‍यो

फ्रान्सको एउटा गुफामा भेटिएको एउटा पुरानो डोरीको टुक्राले आदिमानव नीयान्डर्टालको सङ्ज्ञानात्मक क्षमता आधुनिक मानवजातिको भन्दा कम थियो भन्ने मान्यतालाई चुनौती दिने देखिएको छ। उक्त डोरी ५०,००० वर्ष पुरानो हो र अहिलेसम्म भेटिएकोमध्ये सबैभन्दा प्राचीन हो। वैज्ञानिक जर्नल 'साईअन्टिफिक रिपोर्ट्समा प्रकाशित एउटा अध्ययनका अनुसार अब्रि डि मारस क्षेत्रको गुफामा ढुङ्गाबाट बनेको एउटा औजारमा रूखको बोक्राबाट बनेको उक्त डोरीको टुक्रा फेला परेको थियो र उक्त डोरी तीनसूते थियो। यसको अर्थ के हो भने नीयान्डर्टाल मानवलाई जोडी र सङ्ख्याको ज्ञान थियो। बुनिएका रेसा… पुरा पढौ

एकपटक पुग्नै पर्ने ठाउँ: दामोदर कुण्ड

गंगा घले ।पोखरा । मुस्ताङको सुर्खाङ गाविसमा पर्ने दामोदर कुण्डमा जनै पूर्णिमाका दिन विशेष पूजापाठ हुने भएकाले तुलनात्मक रुपमा त्यसबेला बढी भक्तजनहरु त्यहाँ पुग्ने गर्दछ । विशेष गरी असारदेखि असोज महिनासम्म दामोदर कुण्डमा नेपाली तथा भारतीय भक्तजन निरन्तर रुपमा स्नानका लागि जाने गर्दछन् । कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । कुण्डमा स्नानका लागि जाने भक्तजन नेपालीभन्दा भारतको उत्तराखण्ड, हिमाञ्चल, विहारलगायतका राज्यबाट बढी संख्यामा जाने गर्दछ । जिल्ला सदरमुकाम जोमसोमबाट कम्तिमा तीन दिनको यात्रापछि… पुरा पढौ