खेलकुद

पुस १ गतेदेखि प्याब्सन स्पोर्टस् मिट

Pabson Sport Meet
पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ कास्कीले पुस १ गतेदेखि ‘१६औं प्याब्सन स्पोटर््स् मिट’ आयोजना गर्ने भएको छ । सो कुरा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । २०४७ सालदेखि प्याब्सन स्पोटर््स् मिट सञ्चालन गर्दै आइरहेका कास्की शाखाको यो १६ औं संस्करण भएको अध्यक्ष प्रमप्रसाद शर्माले बताए । १ सय २ भन्दा बढी विद्यालय आबद्ध कास्की प्याब्सनको खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स खेलहरु समावेश गरिएको बताए । शिक्षासँगै खेलकुदको विकास गर्ने उद्देश्यले आयोजित प्याब्सन… पुरा पढौ

सागका स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

SAG Games
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने र टिम इभेन्टमा स्वर्ण जित्ने समूहले जनही ५-५ लाख पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख दिने बुधबार सागका पदक विजेता खेलाडीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । कामाडौंमा मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत… पुरा पढौ

सागको भव्य समापन, नेपाललाई ५१ स्वर्ण

Football
काठमाडौं : नेपालको आयोजनामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता समापन भएको छ । मंगलबार साँझ दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच १३औँ साग समापन भएको हो । नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न भएको हो । भारतले १७४ वटा स्वर्ण पदक जित्यो । त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन् । एउटा मात्र स्वर्ण जित्ने सम्भावनासहित पुरुष फुटबलको फाइनलमा नेपालसँग भिडेको भुटान उपविजेतामा सीमित भयो… पुरा पढौ

पुरुष फुटबलमा नेपाल साग च्याम्पियन

२४ मंसिर, काठमाडौं– १३ औं सागअन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै स्वर्ण पदक नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलको अन्तरले हराउँदै च्याम्पियन बनेको हो । नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा गोल गरी नेपाल र भुटान बराबरी गोलमा समेटिएका थिए । नेपालको लागि ५४ औं मिनेटमा सुनिल बलले १ गोल थपे पछि नेपालले स्वर्ण पदक चुमेको हो । सुनिलले हेडमार्फत १… पुरा पढौ

प्रहरी ज्यादतिविरुद्ध रंगशाला अगाडि पत्रकारको प्रदर्शन

२४ मंसिर, काठमाडौं । प्रहरीले पत्रकारलाई ज्यादति गरेको विरोधमा काठमाडौंको दशरथ रंगशालामा खेलकुद पत्रकारहरुले धर्ना दिएका छन् । त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वार नजिकै तस्वीर लिने क्रममा मंगलबार प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि कुटपीट गरेको विरोधमा पत्रकारले विरोध प्रदर्शन गरेका हुन् । पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल खेलकुद पत्रकार मञ्च सम्बध, विदेशी पत्रकारहरुले विरोध जनाएका छन् । प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुख र कानमा चोट लागेको छ । उनलाई रंगशालाभित्र राखेपको प्रांगणमा लगेर कुटपिट गरिएको थियो । १३… पुरा पढौ

महिला फुटबलमा नेपाल रजतमा सीमित

SAG Games
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनल खेल भारतले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा नेपाललाई २–० गोल अन्तरले हराउँदै भारतले स्वर्ण जितेको हो । भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना अधुरै रह्यो । नेपाल रजतमै सीमित रह्यो । भारतले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । दोस्रो गोल ५५ औं मिनेटमा थप गोल गर्दै बालादेवीले भारतलाई स्वर्ण दिलाएको हो । दुवै गोल पनि उनैले गरेका थिए ।… पुरा पढौ

नेपाल साग फुटबलको फाइनलमा

SAG Games
पोखरा । नेपाल १३ औं साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० औं मिनेटमा गोल गरेका थिए । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । उपाधिका लागि नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । पुरा पढौ