पर्यटन

टेवानद्वारा व्यवसायमा महिला हिंसा सचेतना कार्यक्रम

पोखरा । पर्यटन ब्यबसायी महिला संघ नेपाल ( टेवान) पोखराले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ब्यबसायमा महिला हिंसा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पर्यटन बोर्ड, प्रदेश कार्यालय ड्यामसाइड पोखरामा सम्पन्न कार्यक्रमलाई पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको आर्थिक सहयोग र ह्युस्टन कलेज अफ एजुकेसन इन्फर्मेसनको विशेष सहयोग रहेको थियो। पोखरामा रहेका महिला पर्यटन ब्यबसायिहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा अग्रज पर्यटन ब्यबसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, संस्थाका संस्थापक अध्यक्ष लक्की… पुरा पढौ

पोखरा सिटि टुर गाइड एसोसिएसनको दोस्रो अधिवेशन सम्पन्न

पोखरा, १८ मङ्सिर । रमणीय तथा सुन्दर नगरी पोखरा तथा अन्नपूर्ण क्षेत्रमा गाइडको रूपमा कामगरि देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भुमिका निभाउने ब्यक्तिहरु सम्मीलित संस्था पोखरा सिटि टुर गाइड एसोसिएसनको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज लेकसाइड, नारेश्वरस्थित होटल पब्लिक च्वाइसको सभाहलमा सम्पन्न भएको छ। उदघाटन सत्रको कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले कोभिडको कारण बेरोजगार हुनपुगेका गाइडहरुलाई सरकारले आबस्यक राहत तथा सहुलियतपूर्ण कर्जाको ब्यबस्था गर्नुपर्ने बताउनुभयो। गण्डकी प्रदेशका अर्थमन्त्रीसँगको भेटमा आफुले सो बारेमा कुरा उठाएको… पुरा पढौ

पोखरा पर्यटन परिषदको २१औं वार्षिक साधारणसभा सम्पन

पोखरा । पर्यटन ब्यबसायिहरुको छाता संगठन पोखरा पर्यटन परिषदको २१औं बार्षिक साधारणसभा आज लेकसाइडस्थित होटल माउन्ट कैलाश रिसोर्टमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेमबहादुर आलेले आफ्नो भनाइ राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हुने अनियमितता रोक्न आफू लागिपरेको बताउनुभयो। नेपाल एयरलाइन्सलाई टाट पल्टाउने र निजी एयरलाइन्स पोस्नेहरुलाई छानबिन र कारबाही गरिने पनि उहाँले जोड्नु भयो। पोखराको अन्तर्राष्ट्रिय बिमानस्थल तोकिएको समयमै संचालन हुने र निर्माणका दौरान बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुहुदै… पुरा पढौ

तीन हजार पर्यटन मजदूरलाई राहत

काठमडौँ, १५, मङ्सिर । नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ । सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए । जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो । संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा आज काठमाडौँमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए ।… पुरा पढौ

पर्यटकको बसाइँ लम्बाउन पैदलमार्ग अवश्यक – मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएको छ । अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२ तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले प्रत्येक पर्यटकको बसाइँ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा ‘फुट्याक’ निर्माण गर्न आवश्यक भएको बताएको हो । फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले ताल वरपरको विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा मन्त्री बरालले जोड दिए । ऐतिहासिक तथा पुरात्तात्विक वस्तु… पुरा पढौ

भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा उदय सुवेदी सर्वसम्मत निर्वाचित

पोखरा । गाउँ पर्यटन प्रबर्द्धन मञ्च-नेपाल (भिटोफ) गण्डकी प्रदेशको सातौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज लायन्स नमुना उधमी गाउँ मादी गाउँपालिका-५, थाम ल्हाम्जा मा सम्पन्न भएको छ । सभाले उदय सुवेदीको अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी २ वर्षको लागि सर्वसम्मत निर्वाचित गरेको छ । सर्वसम्मत नेतृत्व चयनद्वारा गरिएको अधिबेशनमा अध्यक्षमा उदय सुवेदी, उपाध्यक्षमा शोभा कुमारी अधिकारी, सचिवमा शुसिला भण्डारी, कोषाध्यक्षमा कृष्ण भारती, सदस्यहरुमा शिब राज त्रिपाठी, विश्व क्षेत्री, रमेश अर्याल, मेघ मान श्रेष्ठ र चिन्तामणी पोख्रेल सहितको ९ सदस्यीय तथा… पुरा पढौ

अखिल नेपाल पर्यटन मजदुर संघको नेतृत्व चयन सम्पन्न

अखिल नेपाल पर्यटन मजदुर संघको गण्डकी प्रदेश कमिटीको पहिलो अबिधेशन, कास्की जिल्ला कमिटीको तेस्रो अबिधेशन तथा पोखरा महानगरपालिका कमिटीको पहिलो अबिधेशन आज एकै साथ एक कार्यक्रम विच अखिल नेपाल ट्रेड यूनियन महासंघको भवन शान्तीवनमा सम्पन्न भएको छ । नेकपा एमाओवादी कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ करण को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तब्य दिने बक्ताहरुमा अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रिय उपाध्यक्ष एस पी थापा, अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतम, अखिल नेपाल पर्यटन मजदुर संघका… पुरा पढौ