Uncategorized

घर भत्किँदा चारको मृत्यु, पाँच घाइते, चार गम्भीर

डिलबहादुर सिंहसाउन, २७ गते । डोटीको आदर्श गाउँपालिका –१ मा सोमबार राती १ बजेतिर घर भत्किदा चार जनाको ज्यान गएको छ । घटनामा अन्य चार जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराका अनुसार घरपछाडीबाट आएको पहिरोका कारण घर भत्किदा स्थानीय लोगे लुहारको श्रीमती, एक छोरा र दुई छोरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा परि चार जना गम्भिर घाइते भएका छन । घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसके पछि थप उपचारका लागि… पुरा पढौ

पूर्वको कर्णालीमा कोरोनाको भन्दा बढी डर बाढीपहिरोको

दावा छिरीङ लामाभोटखोला गाऊँपालिका , संखुवासभा । विकासको नाममा जताततै डोजरले बाटो खन्दा पहाडी भेकका धेरै गाउँहरु पहिरोको उच्च जोखीममा देखिन्छन् र यस्तै समस्या संग जुधिरहेको छन् सङ्खुवासभा जिल्लाको अति दुर्गम पूर्बको कर्णाली भनेर चिनीने भोटखोला गाउँ पालिका वडा न –३ हुङगुङका ६० घरधुरी भन्दा बढि परिवारहरु बिगतमा पनि जब वर्षा सुरुहुन्छ यि परिवारहरु रातभरी अनिदो बसी रात काट्नु बाध्य थिए। अब फेरी बर्षा सुरुभए संगै घर पहिरोले लान्छकी भनि मनमा पिर र डर लिएर रातभरी अनिदो बस्ने दिन सुरुभएको… पुरा पढौ

लिपुलेक सीमा विवाद: ‘वार्ताको लागि ताकेता गर्दा भारतबाट प्रतिक्रिया नआएकोमा नेपाल अचम्मित’

नेपालको नयाँ नक्सा अनुरूप निशान छाप परिमार्जन गर्ने गरी संविधान संशोधनको प्रक्रिया स‌ंसदमा अघि बढ्दै गर्दा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे वार्ता गर्न भारतलाई निरन्तर ताकेता गरिएको बताएका छन्। उनले जारी सीमा तनावको विषयमा चीनसँग कुरा गरिरहेको भारतले नेपालसँग वार्ता नगरेको देख्दा आफू अचम्मित भएको बताएका छन्। मङ्गलबार संसद्‌मा नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक छलफलकालागि प्रस्तुत गरिएको छ। कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले पेश गरेको उक्त विधेयकलाई प्रतिनिधि सभाले यसै महिनाको अन्त्यसम्ममा पारित… पुरा पढौ

कोरोना प्रभावः अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

सिबी अधिकारी काठमाडौँ, फागुन २७ गते । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तरराष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताउनुभयो ।… पुरा पढौ

राष्ट्रिय योजना आयोगको योजना पारित

काठमाडौं, फागुन १९ गते । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको छ । राष्ट्रिय योजना आयोगका प्रवक्ता मिनबहादुर शाहीले मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै राजनीतिक मुद्धा मात्रै नभएर संघीय शासन प्रणालीमै सुधार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अघि बढाउने हिसाबले १५ औं योजनालाई पूर्णता दिएको बताउनुभयो । शाहीका अनुसार १५ औं योजनामा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोचका कार्यक्रम समावेश… पुरा पढौ