कोरोना

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

पोखरा, ३ जेठ । नेपालमा शनिवार थप ६ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै संक्रमित हुनेको संख्या २७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु–११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ निवासी २५ वर्षीया महिला रहेको… पुरा पढौ

कोरोना कहरः विश्वभर ४६ लाख २४ हजार बढी संक्रमण, ३ लाख ८ हजारबढीको मृत्यु

पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ३ लाख ८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । शनिवार बिहानसम्म विश्वभर गरी कोरोनाका कारण ३ लाख ८ हजार ४ सय ५० जनाले ज्यान गुमाएको वल्र्डोमिटरको तथ्यांक छ । कोरोना भाइरसबाट विश्वभर गरी हालसम्म ४६ लाख २४ हजार ३४ जनामा संक्रमित भइसकेको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १४ लाख ८४ हजार २८५ जनामा पुष्टि भैसकेको छ भने संक्रमणबाट अमेरिकामा ८८… पुरा पढौ

कोरोना संक्रमणको संख्या चीनमा भन्दा भारतमा धेरै

पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) चीनमा भन्दा भारतमा धेरै संक्रमित भएको छ । उद्गम राष्ट्र चीनमा शनिवार बिहानसम्म ८४ हजार ३१ जनामा संक्रमणको पुष्टी भएको छ भने भारतमा ८५ हजार ७८४ जनामा संक्रमणको पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बढी संक्रमित राष्ट्रहरुको सूचिमा भारत ११ औं स्थानमा छ भने चीन १३ औं स्थानमा छ । भारतमा कोरोनाबाट २ हजार ७ सय ५३ जनाले ज्यान गुमाइसकेको छ । कोरोनाका कारण चीनमा… पुरा पढौ

मनै लोभ्याउने नेपाली चेरी ‘पैयुँ’

पोखरा: ढकमक्क फूलेको हिमाली चेरी । भिरालो पाखा केही माथि उक्कलेपछि चिसो सिरेटोसँगै देखिन्छ लामो हिमश्रृङ्खला । केही तल अर्थात् पूर्वीदक्षिणमा देखिन्छ झुरुप्प भएको सानो गाउँ चन्द्रकोट । स्याङ्जा बजारदेखि ८ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ यस ठाउँमा । पेल्काचौर मैदान हुँदै डाँडा गाउँ छिचोलेर जानुपर्छ चन्द्रकोट गाउँ । साबिक पेल्काचौर गाविसमा रहेको यस डाँडागाउँ र चन्द्रकोट गाउँको बीच भागमा फूल्दछ नेपाली चेरी अर्थात् पैयुँ । यो ठाउँ मिलेनियम पदमार्ग अन्तर्गत पर्दछ । यतिखेर नेपालका थुप्रै पहाडी ठाउँमा पैयुँ ढकमक्क फूलेको… पुरा पढौ