पोखरामा लायन्स क्लबको पिस पोस्टर प्रतियोगिता सम्पन्न

-


     मर्दी न्युज    
     १४ मंसिर २०७६ मा प्रकाशित


मर्दीन्यूज संवाददाता ।:

पोखरा, १५ मंसिर । सय वर्षको इतिहास बोकेको अन्तराष्ट्रिय सामाजिक संगठन लायन्स क्लबले विश्वभर आफ्ना शाखाहरुबाट विशेष शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सेवामुलक कामहरु गर्दै आइरहेको छ । संयुक्तराज्य अमेरिकाको सिकागओ ओक बूक इल्लियन्स शहरमा प्रधान कार्यालय रहेको यस संस्थाको विश्वभर करिब चौध लाख जति सदस्य रहेको छ ।


विश्वरभरी लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिबृद्धिका लागि ‘शान्तिका लागि पिस पोस्टर प्रतियोगिता’ सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा पोखरामा पनि हालै विभिन्न स्कूलमा लायन्स क्लबबाट अन्तर स्तरीय पिस पोस्टर प्रतियोगिता सम्पन्न भएको छ । नेपालभरीको प्रतियोगितामा नेपालबाट प्रथम पिस पोस्टरलाई अमेरिका पठाइन्छ । प्रथम हुनेले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनुका साथै एक अभिभावकसहित अमेरिका भ्रमण गर्न पाउने छ ।


त्यसै अन्तर्गत पोखराको विभिन्न विद्यालयामा साना बालबालिकाहरुबाट पिस पोस्टर बनाउदै गरेको झलकहरु:



Tags: , ,