प्रमुख समाचार

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको  छ ।  गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा  बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो  । उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार  २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र  दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय… पुरा पढौ

विदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका… पुरा पढौ

लामेआहालमा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाेखरा । पोखरा महानगरपालिका-३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । धादिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  घाइतेको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । पुरा पढौ

बुधबार ४० जना पुगे सगरमाथाको चुचुरोमा

काठमाडौँ । शुक्रबार दिउँसो डोरी टाँग्ने टोलीले बाटो खोलेपछि बुधबार बिहानदेखि व्यावसायिक आरोहण सुरु भएको छ। खराब मौसमको सामना गर्दै बुधबार कम्तीमा ४० जना स्वदेशी तथा विदेशी आरोही सगरमाथाको शिखरमा पुगेका छन्। पर्यटन विभागका अनुसार तीन वटा फरक-फरक कम्पनीका ४० जना आरोही बुधबार बिहान विश्वकै अग्लो शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन्। यस पटकको आरोहण सिजनका लागि सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म ऐटके एक्सपिडिसनमा कार्यरत ७ जना नेपाली माउन्टेन गाइडले डोरी टाँगेर बाटो बनाउने काम शुक्रबार दिउँसो सम्पन्न गरेका थिए। निर्देशक गौतमका… पुरा पढौ

पोखराको शान्ति स्तूप नजिक बस दुर्घटना, २८ घाइते, २ जना गम्भीर

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिक बुधवार दिउँसो नगरबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ग १ ख ३८ ८६ नम्बरको उक्त माइक्रोबस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको हो। दुर्घटनामा २८ जना भरतीय जना यात्रु घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाईतेहरुलाई उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पुरा पढौ

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता, अब निजी सवारीसाधनले पनि यात्रु बोक्न पाउने

पोखरा। गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ। अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए। मंगलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिइएको छ, नियमावलीमा भएको व्यवस्थाअनुसार यो… पुरा पढौ

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ… पुरा पढौ