प्रमुख समाचार

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी भदौ २३ गते ‘जेनजेड सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरण र सहिदहरूप्रतिको सम्मान स्वरूप भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए। पुरा पढौ

भोटेकोशी बाढी : मृतकको संख्या १,२५२ पुग्यो, ११ हजार ९९३ जनाको उद्धार

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो । प्राधिकरणकाअनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ, जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् ।  यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको… पुरा पढौ

बाढी-पहिरोले अवरुद्ध केरुङ जोड्ने राजमार्ग चीनले एक सातामै खोल्यो

बाढी–पहिरोबाट अवरुद्ध नेपाल–चीन सीमाको केरुङ नाका जोड्ने चीनतर्फको जी–२१६ राष्ट्रिय राजमार्ग करिब एक सातामै पुन: सञ्चालनमा आएको छ। अगस्ट २६ को विनाशकारी विपद्ले चीनको तिब्बतस्थित केरुङ नाकातर्फ जाने सडकमा गम्भीर क्षति पुर्‍याएपछि स्थलमार्ग अवरुद्ध भएको थियो। चिनियाँ उद्धार तथा मर्मत टोलीले क्षतिग्रस्त खण्डमा आपत्कालीन रूपमा सडक सम्पर्क पुन:स्थापित गरी सेप्टेम्बर २ देखि आवागमन खुलाएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जी–२१६ केरुङ नाकातर्फ पुग्ने मुख्य स्थलमार्ग हो। सडक खुलेसँगै ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण विपद्को मुख्य प्रभावित क्षेत्रमा पुर्‍याउन… पुरा पढौ

सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी-भुजुङ सडक

लमजुङ । निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि लमजुङको क्व्होलासोथार गाउँपालिकाको बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन ।  विक्रम संवत् २०७६ असोज ३० गते निर्माण सम्झौता भएको १७ किलोमिटर सडक विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटका म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।  क्व्होलासोथार गाउँपालिका–१ बाग्लुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि वडा नं ४ भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी आयोजना… पुरा पढौ

यतिबेला हामीलाई थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै उनले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गरे । उनले मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताए । प्रधानमन्त्री शाहले भने, “सोही दृढ सङ्कल्प र साहसका साथ यो… पुरा पढौ

गण्डकीमा मन्त्रालयको जिम्मेवारी फेरबदल, देवकोटालाई ऊर्जा र न्यौपानेलाई भौतिक

गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ। देवकोटा २१ जेठ २०८१ मा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि प्रदेश सरकारमा मन्त्री बनेका थिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका सांसद हुन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग

कास्की । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १२ लाख २७ हजार ७७६ सहयोग गरेको छ । सो बाढीबाट प्रभावितका लागि देशको पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा व्यवसायमा गर्दै आएका व्यवसायीहरूको संस्था रेवान पोखरासँग आबद्ध रेस्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा रकम संकलन गरी कोषमा जम्मा गरिएको हो । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायी, पदाधिकारी… पुरा पढौ