पर्यटन

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

गोरखा । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्यांकअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ । यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट रु. १५ करोड ९६ लाख २० हजार ८२८ रोयल्टी सङ्कलन भइसकेको पर्यटन… पुरा पढौ

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ । जिल्ला प्रहरी कार्यालयले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो । बेनीदेखि आधार शिविरसम्मका होटेल तथा रेष्टुरेष्ट, आश्रय स्थल, सवारी चालकको सम्पर्क नम्बर, एकदेखि अर्को गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ, समस्या परेमा सम्पर्क गर्ने निकायको फोन नम्बरसहितका विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले… पुरा पढौ

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ ।  कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिक स्थल र मौलिक संस्कृति ।  प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी  गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।  वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुन डाँडामा रहेको तातोपानी कुण्ड… पुरा पढौ

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ । त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत ऐतिहासिक तथा धार्मिक सम्पदा, पहाडी–हिमाली गाउँका मौलिक जीवनशैली, पदयात्रा, जलपर्यटन र साहसिक गतिविधि सुदूरपश्चिमको पर्यटन विकासका बलिया आधार हुन् । यी सम्भावनालाई सरकारले पनि वर्षौँदेखि… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ हामखोला झरना महोत्सव शुरूभएको छ। प्राकृतिक सम्पदाको संरक्षण, प्रचारप्रसार तथा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ दुई दिने महोत्सव आयोजना गरिएको हो। गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले महोत्सवको उद्घाटन गरेको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले लमजुङका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन्। महोत्सवमा राष्ट्रिय। कलाकारको प्रस्तुतीसंगै स्थानीय संस्कृति, कला र परम्परालाई झल्काउने विविध सांस्कृतिक कार्यक्रम… पुरा पढौ

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको  छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिए। ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबास (होमस्टे)को विकासले पर्यटकको संख्या बर्सेनि वृद्धि भइरहेको उनले बताए ।   रेञ्जर सुवेदीका अनुसार पर्यटकको… पुरा पढौ

निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

बीबीसी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बिहीबार मध्यान्हतिर काराकोरम पर्वत शृङ्खलाको ८,०४७ मिटर (२६,४०० फिट) अग्लो चुचुरोमा हिमपहिरो गएको बताएका छन्। टोलीसँग त्यसपछि कुनै सम्पर्क भएको छैन। एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच नेपाली आरोही समूहमा रहेको बताइएको छ। टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा… पुरा पढौ