हाम्रो कुरा

२०४६ सालपछि देशमा विभिन्न सञ्चारमाध्यमहरुको उदय भएको पाइन्छ । २०६२÷०६३ को परिवर्तन पछि झन् धेरै मिडिया हाउसहरु सञ्चालनमा आएका छन् । तर पनि सामाज र देशलाई सही दिशातर्फ लैजान सत्य–तथ्य समाचार सम्प्रेषण गर्न जरुरी छ । यसै सन्दर्भमा मर्दीन्यूज डटकम मर्दी मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण डिजिटल पत्रिका निडर र निर्भिकताका साथ आउँदैछौं । यो विश्वभर रहेका सबै नेपालीको लागि सत्य र तथ्य समाचार प्राप्त गर्ने पोर्टल हुनेमा हामी विश्वस्त छौं


नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्यागले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र हामीले पाएका छौं । यो युगीन परिवर्तनको रक्षा र समाजलाई अग्रगतिमा लैजान हामी प्रतिबद्ध छौं । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताको पक्षमा सदा हामी अविचलित रुपमा लागि रहनेछौं । राष्ट्रिय अखण्डताको रक्षा, जातीय र धार्मिक सद्भाव एवम् सम्बर्धन प्रति सदा हामी समर्पित छौं ।
त्यसैगरी यस मर्दीन्यूज डटकमले फिचर लेख तथा समाचारहरु, पर्यटन गन्तव्य, पुरातात्विक महत्वको विषय, सांस्कृतिक तथा समाजका गतिविधिहरुलगायत खोजमूलक रिपोर्टहरुका अतिरिक्त मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पनि पोष्ट हुनेछन् ।


हाल नेपाली जनमानसमा के छाप छ भने पत्रकारहरु नराम्रा विषय, बेथितिका, लथालिंग र भताभुंगा भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् भन्ने सोंचलाई हामी फरक रुपमा प्रस्तुत हुनेछ । हामीलाई केवल तपाईंको सल्लाह र सुझावको आवश्यकता छ । तपाईं विश्वको जुनसुकै कुनाबाट सिधै धधध।mबचमष्लभधक।अयm गएर वा ट्वीटर, फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । तपाईंले पनि कानुनलाई मान्दै सत्य तथ्य सूचना, तस्विर, भिडियो, अडियो दिएर वा विचार तथा प्रतिक्रिया व्यक्त गरेर पनि मर्दीन्यूज परिवारमा जोडिन सक्नुहुनेछ । राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक सद्भाव बिथोलिने, गैरकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री हामीलाई प्रेषित नगर्नुहोला ।


तपाईंले मर्दीन्यूज डटकममा गर्ने कमेन्ट शिष्ट भाषामा वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित र सृजनात्मक हुनुपर्छ । नक्कली परिचय दिएर वा अश्लिल वा अपमानजनक क्रियाकलापहरु नपठाउनु होला ।
यो वेबसाइटमा प्रकाशित सामग्रीहरुको सम्पूर्ण कपीराइट, ट्रेडमार्कलगायत बौद्धिक सम्पत्तिमाथिको अधिकार मर्दीन्यूज डटकममा निहित रहेकाले यसका कुनैपनि सामग्री पुनर्उत्पाद गर्नुअघि अनुमति लिन पर्दछ । पूर्वस्वीकृति बिना ती कार्य गरिएमा कपिराइट कानुनबमोजिम कारवाहीको भागिदार हुनुपर्नेछ । हामी के मा विश्वास गर्छौ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँगा सदा जोडिरहनु हुनेछ र मर्दीन्यूज डटकम तपाईंलाई सदा हार्दिक स्वागत गर्दछ ।