खेलकुद

स्वर्ण पदक विजेता गुरुङको सम्मान

दमौली, २३ मङ्सिर । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे । कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए… पुरा पढौ

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनाउन सक्यो । सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले… पुरा पढौ

बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा, १४ मङ्सिर । पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । आर्मीले जितका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस जितेर बयाटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । बागमतीका प्रतीक… पुरा पढौ

पुलिस क्लबसँग मधेश प्रदेश ५७ रनले पराजित

पोखरा । पोखरामा चलिरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएको छ । आज आइतवार भएको खेलमा पुलिसले मधेसलाई ५७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयो । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । यस्तै इमरान शेखले २२ रन जोडे । बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट… पुरा पढौ

क्रसकन्ट्री दौडमा नेपाली टोली च्याम्पियन

पोखरा । पोखरामा आज सम्पन्न नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा नेपाली टोली च्याम्पियन बनेको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बूको टोली च्याम्पियन बन्दै नगद रु तीन लाख ६० हजार पुरस्कार पाए । यसैगरी नेपालकै श्रेवी महर्जन, मुहेश थारू र वसन्त थारूको टोली द्वितीय भए । उपविजेता टोलीले रु दुई लाख ८८ हजार पुरस्कार पाए । श्रीकास राई, तिलक… पुरा पढौ

पोखरामा आजदेखि अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता

पोखरा । आजदेखि पोखरामा नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावकसहितको खेलाडी र अफिसियल गरी १ सय ४ सदस्यीय टोली हिमालयन एयरलायन्समार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका आइसकेको छ । ‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना गरिएको प्रतियोगिता साढे ७ बजे लेकसाइडको बाराही घाटबाट प्रतियोगिता सुरु हुनेछ । टिम इभेन्टतर्फ २० टोलीबिच प्रतिस्पर्धा हुनेछ । जसमा ६० जना प्रतियोगी सहभागी हुनेछन् । यसमा दौड, साइक्लिङ र बोटिङ गर्दै ४० किलोमिटर पार… पुरा पढौ

कर्णालीलाई हराउँदै बागमती सेमिफाइनलमा

पोखरा । कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समूह ए को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती सेमिफाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको… पुरा पढौ