विजनेश

सुनको मूल्य अहिले सम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य… पुरा पढौ

कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

लेखनाथ (कास्की), १६ असोज । कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ । कास्कीमा आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार तीन सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९÷८० मा नौ सय ९५ वटा मात्रै रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पौडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता सङ्ख्या घटेको हुनसक्ने बताए । कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग… पुरा पढौ

नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि

काठमाडौँ, ६ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ । आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ७६… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ४ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ६२ मा सीमित भएको छ । कूल ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर रु एक अर्ब ४०… पुरा पढौ

छ अर्बमा पोखरामा पाँचतारे होटेल बन्दै

काठमाडौँ । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्बको लगानीमा पाँचतारे होटेल सञ्चालनको तयारी गरेका छन्। बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटेल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ। कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटेल निर्माण भइरहेको जानकारी दिएको छ। त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन्। होटेलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ। पब्लिक लिमिटेड कम्पनी रहेको बाराही… पुरा पढौ

नेप्से घट्ने क्रम आज पनि रोकिएन, तीन दिनमा करीब ७० अंक घट्यो

काठमाडौँ । लगातार तेस्रो दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २८ दशमलव ४० अङ्कले घटेर दुई हजार १९ दशमलव ८५ विन्दुमा झरेको छ । योसँगै पछिल्लो तीन दिनमा परिसूचक करीब ७० अंक घटेको छ । आज मंगलबार सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटेल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै गुराँस फाइनान्सको शेयर आठ प्रतिशत तथा विजय लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।… पुरा पढौ

नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू. दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक… पुरा पढौ