विचार/ब्लग

तमुहरूले ‘क्होला सोँप्रे’ बाहेक अन्य आदिम थलो बिर्सिंदै गएको हो?

तमु (गुरुङ) समुदायको इतिहास कुनै एक स्थल, एक घटना वा एक समयरेखामा सीमित छैन । यो इतिहास बहुपत्रीय छ— समय, भूगोल, संस्कार र आध्यात्मिक विश्वासको गहिरो अन्तर्सम्बन्धबाट बनेको एक दीर्घ यात्रा । आज ‘क्होला सोँप्रे’ व्यापक रूपमा प्राचीन थलोका रूपमा चिनिन्छ, विशेषतः सन् २००० मा पुरातात्विक उत्खनन्ले यसको पहिचानलाई उजागर गरेपछि । तर प्रश्न उठ्छ— के यसले मात्रै तमुहरूको सम्पूर्ण पूर्वइतिहासलाई प्रतिनिधित्व गर्छ? वा, हामीले यसअघि रहेका थुप्रै महत्वपूर्ण थलोहरूलाई क्रमशः बिर्सिंदै गएका छौं? वास्तवमा, तमुहरूको ऐतिहासिक यात्रा क्होला सोँप्रेमा… पुरा पढौ

अटिजमलाई हेर्ने नजर कहिले होला परिवर्तन ?

विराटनगर । केही वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो । निम्ता सबै परिवारलाई नै थियो । मीराले समय मिलाएर आउने प्रतिबद्धता पनि ब्यक्त गरिन् । जब कुराकानी टुङ्ग्याएर फोन राखिन्, तब उनको मनमा कुराकानीकै क्रममा भएको एक बाक्यले चस्स घोच्यो । ‘पालो गरेर आउनु नि !’ आफन्तको कुरा गराई अनुसार पालो गर्नुपर्ने कारण थियो १२ वर्षीय छोरो सेजल । उनको १२ वर्षीय छोरा अटिजमको समस्यामा थिए।… पुरा पढौ

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ तर त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता स्पष्ट देखिन्छ । नेपालजस्तो कृषिप्रधान देशमा समेत उत्पादनमूलक उद्योगहरू स्थापनामा राज्यको कमजोरी देखिएको छ । विगत दुई दशकको तथ्यांक हेर्दा स्पष्ट हुन्छ सरकारले उद्योगलाई प्राथमिकता दिएको छैन र यही कारणले देशको समग्र विकास र आर्थिक आत्मनिर्भरता सपनाजस्तै बनेको छ । वास्तविकता के हो… पुरा पढौ

सगरमाथा संवादः जलवायुजन्य सङ्कट समाधानको खोजी

काठमाडौँ, २५ वैशाख(रासस) । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना गर्दै छ । यो संवादमा विशेषगरी जलवायुजन्य सङ्कटको विषयमा छलफल गर्ने र एउटा निचोड निकाल्ने छ । निचोड निकालेपछि निचोडअनुसार योजना बनाउन सहयोग गर्छ । अनि निचोडले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सहयोग गर्छ । छलफलले नीति तर्जुमा देखिएको अन्तर र कस्तो खालको अवसर रहेछ ? र कस्ता खालका चुनौती रहेछ भन्ने कुरा जानकारी पनि हुन्छ । नेपालले पहिलो खालको सुरुवात गरेको छ । एकदमै सकारात्मक छ… पुरा पढौ

हिउँ हराएको हिउँद

माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु,प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,हा..हा..हा..मन रुन्छ धुरुरु…। बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् । हिमाली भेगैमा हिउँ पर्‍यो फुरुरु…राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड,… पुरा पढौ

सफल सिकाइ सहजीकरणका आधार

कास्की जिल्लाको पोखरा महानगरपालिका र स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका सम्बन्धित शिक्षक, अभिभावक र विद्यार्थीसमक्ष पुगेर गहन अन्तरवार्ता, सहभागितामूलक कक्षा अवलोकन र लक्षित समूह छलफलका माध्यमबाट तथ्य सङ्कलन गरी प्रस्तुत लेख तयार गरिएको छ | तथ्यबाट प्राप्त नतिजाका आधारमा सिकाइ बानी निर्माणमा आधारित भएकाले सिकाइ सहजीकरणमा सिकारुको नियमितता, सक्रियता र सहभागिता बढाउन आवश्यक छ । हुन त केही विद्यार्थीहरू कक्षामा नियमित नभए पनि स्वाध्ययनबाट ज्ञानको निर्माण गरेको पाइन्छ । तर हाम्रो ध्यान विद्यार्थीलाई नियमित गराई सिकाइमा सहभागी बनाउनतर्फ नै केन्द्रित हुनुपर्छ… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ, २५ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको… पुरा पढौ