मनोरन्जन

पुलिमराङबासी सति घाँटु नाचको संरक्षणमा जुट्दै

पुलिमराङ, तनहुँ । कृपा र प्रीति गुरूङ ९ वर्षकी भइन् । उनीहरू दुवै ३ कक्षामा पढ्छिन् । प्रीति कृपाभन्दा करिब ५ महिनाले जेठी हुन् । कृपा कञ्चनजङ्ग सेकेण्डरी स्कुल, कोत्रेमा पढ्छिन् भने प्रीति चितवन शारदानगरमा । गुरुङ पोषाकमा सजिएकी कृपा र प्रीति सति घाँटु नाच्दैछन् । शिरमा धान भुटेर बनाइएको लावाको मुकुट लगाएकी उनीहरू दुवैको गीतमार्फत आँखा बन्द छन् । तनहुँको व्यास नगरपालिका-८ पुलिमराङ गाउँ (सहिदको गाउँ) मा कृपा र प्रीतिले पहिलोपटक सति घाँटु नाचेकी हुन् । कृपा गत वर्षबाट घाँटु… पुरा पढौ

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने, “तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ मार्फत नेपालको कर्णाली क्षेत्रलाई केन्द्रविन्दु बनाई सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्न विविध… पुरा पढौ

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौँ । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष दुई सय ३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन… पुरा पढौ

‘लालीबजार’ मा फरक भूमिकामा छु: अभिनेत्री खड्का

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताएकी छन् । उक्त चलचित्रको सावजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक प्रतिक्रिया दिएपछि पत्रकारसँग कुराकानी गर्दै अभिनेत्री खड्काले चलचित्र निर्माण गर्ने समूह षट्कोण आर्टसप्रतिको विश्वास र चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’ मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताए। अभिनेत्री खड्काले भनिन्… पुरा पढौ

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्स घोषित

ललितपुर । मेरो भ्वाइस युनिभर्स सिजन-२ को विजेता प्रथम गुरुङ घोषित भएका छन् । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ भएकी छन् । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवै जनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु. एक करोड नगद पुरस्कारसहित रु. २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् । मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई… पुरा पढौ

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन भईरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको अभिनय रहेको छ ।  सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ...’ । जहाँ दुई समानान्तर… पुरा पढौ

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

कास्की-रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ । नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उहाँले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम… पुरा पढौ