मुक्तिनाथको १७.६० प्रतिशत बोनस प्रस्ताव

-


     मर्दी न्युज    
     ३० मंसिर २०७६ मा प्रकाशित


पोखरा, ३० मंसिर । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट सेयरधनीहरुलाई १७.६० प्रतिशत बोनस प्रस्ताव शेयर पारित गरेको छ । बोनस शेयरको कर प्रयोजनार्थ ०.९३ नगद गरी १८.५३ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव सोमबार भएको १३ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत पारित गरेको छ ।

साधारण सभाले अध्यक्षमा भरत ढकाल सर्वसम्मत निर्वाचित गरेका छन् । बैंकका अन्य सञ्चालकहरुमा गजेन्द्र मान श्रेष्ठ, रवीन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र चयन भएको छ । ढकालको कार्यकाल ४ वर्षको रहनेछ । ढकालकै सक्रियतामा मुक्तिनाथ विकास बैंकको जन्म भएको थियो ।

साधारण सभाले आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६÷०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।