त्रिविको दीक्षान्त समारोह

-


     मर्दी न्युज    
     पुस ३ गते २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, ३ पुस । त्रिभुवन विश्वविद्यालयले बिहीबार आफ्नो ४५औँ दीक्षान्त समारोह गरेको छ । दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् ।

पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तहकोमा कृषि तथा पशुविज्ञानमा १ सय ३२, शिक्षा सङ्कायमा ७ सय ७१, मानविकी सङ्कायमा २ हजार ९१, इञ्जिनियरिङमा १ हजार १ सय ८६, वन विज्ञानमा ३३, कानूनमा १ सय ८०, चिकित्सामा ८ सय ६४ र विज्ञानमा १ हजार ९८ विद्यार्थी दीक्षित भएका छन् ।