चरा र बासस्थान जोगाउने प्रतिवद्धतासहित राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

-


     मर्दी न्युज    
     ६ पुस २०७६ मा प्रकाशित


Mardi News

जगदिशपुर, ६ पुस । देशभरका चरा तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने स्थानीय संरक्षणकर्मीहरुको तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल पन्छी संरक्षण संघको नेतृत्वमा चराको स्वर्ग मानिने जगदिशपुरमा हिजो शनिबार सम्पन्न भएको हो ।

उक्त कार्यशालाको उद्घाटन प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री लिला गिरीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि माननीय मन्त्री लिला गिरीले पर्यावरण संरक्षणमा स्थानीय समुदायको मुख्य भुमिका रहने हुँदा यस प्रकारका कार्यक्रमहरुले क्षमता अभिवृद्धि र एक आपसमा ज्ञानको आदान प्रदानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । प्रदेश सरकार चरा र जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन र पर्यापर्यटन प्रवद्र्धनमा सदैव सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद माननीय दीर्घनारायण पाण्डे, माननीय विष्णु पन्थी, माननीय शहसराम यादव, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख दीप शमशेर राण, शस्सत्र प्रहरी बल प्रमुख जनक गिरी, बाणगंगा सिंचाई व्यवस्थापन कार्यालय प्रमुख कोपुला श्रेष्ठ आआप्mनो मन्तव्य राख्नुभयो ।

उद्घाटन सत्रमा नेपाल पन्छी संरक्षण संघको प्रमुख कार्यकारी अधिकृत इशाना थापाले आफ्नो भनाइ राख्दै नेपालमा समुदायमा आधारित भएर गरिएको चरा तथा जैविक विविधताको संरक्षण अभियान विश्व संरक्षण समुदायका लागि अनुकरणीय कार्य भएकोले यसको दीर्घकालीन संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायको हातेमालो जरुरी रहेको औल्याउनु भयो ।
कार्यशालामा सहभागी चरा, तिनको बासस्थान र जैविक विधिता संरक्षणमा भएका कार्यहरुको समीक्षा तथा आगामी कार्य योजनाहरुको तय तथा समुदायको सशक्तिकरणका विषयमा प्रशिक्षण तथा छलफलहरु भएका थिए । कार्यशालामा शहभागी साझेदार संस्थाका प्रतिनिधहिरुले चरा र तिनको बासस्थान संरक्षण सँगै स्थानियको जिविकोपार्जन, चरा अवलोकन पर्यटन प्रवद्धन र दिगो विकाशका लाग्ने पतिवद्धता जारी गरेका छन् ।

तीन दिनसम्म चलेको उक्त कार्यक्रममा नेपालमा रहेका विश्वमै परिचित ३७ महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमध्येका २५ वटा महत्वपूर्ण उक्त क्षेत्रका प्रतिनिधिहरु ४० जिल्लाबाट सहभागी भएको नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम व्यवस्थापक कृष्ण भुसालले जानकारी दिए । चरा, तिनको बासस्थान र जैविक विविधताको दिगो संरक्षणका लागि नेपाल पन्छी संरक्षण संघले स्थानीय समुदायलाई अग्रसर र जागरुक बनाउने उद्देश्यले नेपाल चरा संरक्षण संजाल सदस्यतामार्पmत संरक्षण संस्थाहरुलाई समेट्दै आएको छ । गण्डकी प्रदेशको नेतृत्व गर्दै पोखरा पंक्षी समाजबाट अध्यक्ष मनशान्त घिमिरे र उपाध्यक्ष शेषकान्त शर्माले चरा संरक्षणको लागि आप्mनो भनाइ राख्नुभएको थियो ।