
पोखरा । मैत्रीपूर्ण क्रिकेटमा खेलकुद पत्रकार मञ्च, गण्डकीले खेलकुद पत्रकार मञ्च, काठमाण्डौलाई पराजित गरेको छ । पोखरा प्रिमियर लिगको फाइनलको पूर्वाद्र्धमा पोखरा रंगशालामा शुक्रवार भएको खेलमा गण्डकी ९ विकेटले विजयी भएको हो ।
टस जितेर पहिला व्याटिङ्ग गरेको काठमाडौले पुरै ओभर खेल्दै आफ्ना ७ विकेट गुमाई २४ रनको सामान्य योगफल तयार पारेको थियो ।
बिनोद लामिछानेको कप्तानीमा मैदानमा उत्रेको घरेलु पत्रकार गण्डकीको धारिलो बलिङ्सामु काठमाडौका टोलीले कुनै पनि समय खेलमा पकट बनाउन सकेनन् । खेलकुद पत्रकार मन्च गण्डकीको लागि मन क्षेत्रीले ३, लोकेन्द्र ढकालले दुई र निरज पन्तले एक विकेट लिएका थिए । पोखराका उप कप्तान उमेश पुनले एक उत्कृष्ट रन आउट गराएका थिए । झिनो लक्ष्यको जवाफी ब्याटिङमा उत्रेको गण्डकीले चौथो ओभरमै मात्र १ विकेटको क्षतिमा सहज जीत हात पारेको हो ।
गण्डकीको तर्फबाट ओपनर ब्याट्सम्यान विनोद लामिछानेले १ चौका सहित अभिजित ११ रन बनाएका थिए । त्यसैगरी सुसान्त गाहामगरले १ चौकाको मद्दतले अभिजित ९ रन तथा र सुरज श्रेष्ठले २ रन बनाउदै खेलकुद पत्रकार मन्च गण्डकीलाई खेल जिताए ।
गण्डकी टीममा सागरराज तिमिल्सिना, विजय नेपाल, सुमन गुरुङ, रोहितराज पराजुली, सुजन शर्मा, अनिष भट्टराइ, विजय नेपाली, एकराज गिरी, सुमिन सुनार लगायतको सहभगिता थियो ।
पोखरा प्रीमियर लिगको फाइनल शनिबार चितवन राइनो र बिराटनगर टाइटन्स बिच हुनेछ ।