
पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो छन् ।
पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् ।
प्राप्त पछिल्लो परिणामअनुसार विद्याले ८ हजार २ सय ६५ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।
यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।
पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।
यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।