
पोखरा, २१ पुस । सोमबार दिउँसोबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्युन चापीय प्रणालीका कारण आज बेलुका र भोलि देशका धेरै स्थापनमा हल्का वर्षका साथै हिमपात हुने बताइएको छ । सोमबार बिहान साढे ९ बजे मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदलि रही पश्चिमी उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाकाअनुसार यो प्रणाली शुक्रबार सम्मनै रहने विशेष बुलेटिनमा उल्लेख छ । बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केही स्थानहरुमा वर्षा हुन सक्ने भएकोले सतर्क अपनाउन अनुरोध गरिएको छ ।
शनिबार बाट मौसममा सुधार देखिनेछ ।