फोटोः एजेन्सी
एजेन्सी । दक्षिण अष्ट्रेलियामा पानीको हाहाकार भएपछि १० हजार ऊँट गोली हानी मार्ने भएको छ । सुख्खा मौसमका कारण पानी पाउन मुस्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या झनै बढेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए ।
दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गोली हानी मारिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।
जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने चलन पहिले देखि रहिआएको छ । अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ ।