सभामुखमा अग्नि सापकोटाको उम्मेद्वारी दर्ता

-


     मर्दी न्युज    
     माघ ७ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ७ माघ । नेकपाका सांसद अग्नी सापकोटाले प्रतिनिधि सभाको सभामुख पदको लागि मनोनयन दर्र्ता गराएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्तावक र समर्थकमा देव गुरुङ, ओनसरी घर्ती र राजपा नेपालबाट निर्वा्चित सांसद लक्ष्मणलाल कर्ण रहेका संसद सचिवालयले जनाएको छ ।

गत असोजदेखि रिक्त सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको थियो । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया थालेको हो ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । पराजित हुने पद भन्दै नेपाली काँग्रेस संसदीय दलको बैठकले उम्मेदवार नबनाउने भएको हो ।

संघीय संसद सचिवालयले मनोनयन दर्ताका लागि बिहान ११ बजेदेखि दुई बजेसम्म समय निर्धारण गरेको छ । सचिवालयले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मङ्गलबार मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तालिका बमोजिम आजै अपरान्ह २ बजेर ३० मिनेटपछि उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सूची प्रकाशन गरिने जनाएको छ ।

यद्यपि प्रमुख प्रतिपक्षी दल काँग्रेसले उम्मेदवारी दर्ता नगराएपछि सापकोटा मात्रैको उम्मेदवारी भएको छ ।