नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

-


     मर्दी न्युज    
     ९ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ९ माघ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सुर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन् ।

विहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ मत प्राप्त गरेका छन् । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मत प्राप्त गरेका छन् ।