पोखरा, १० माघ । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।
करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ । फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस संक्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ ।
कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र चीनमा मात्र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् । त्यसैगरी यसबाट संक्रमित थाइल्याण्डमा ४, हङकङमा २, मकाउमा २, जापान २, भियातनाममा २, ताइवान, दक्षिण कोरिया, सिंगापुर र अमेरिकामा १÷१ जना पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको नेसनल हेल्थ कमिसनका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।
ज्यान गुमाउने अधिकांश हुवेईका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ । उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट बाहिर ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान भनेको छ ।
बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेको बिबिसिले जनाएका छन् । एजेन्सीको सहयोगमा