अग्‍नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट

-


     मर्दी न्युज    
     माघ १० गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १० माघ । सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै शुक्रबार रिट दायर गरेका हुन् ।

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेका हुन् ।

उनले रिटमा फौजदरी अभियोगमा मुछिएको व्यक्तिलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरेको त्रिपाठीले बताए । उक्त मुद्दाको पेशी आइतबार तोकिएको छ ।