नेपालमा कोरोना भाइरस भेटिएको पुष्टि

-


     मर्दी न्युज    
     माघ १० गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १० माघ । नेपालमा कोरोना भाइरस देखिएको छ । चीनबाट नेपाल आएका एक शंकास्पद बिरामीको रगत र र्यालको नमूना विशेष परीक्षणमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘चीनको हुवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिसकेको बताए ।