टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २० को मृत्यु

-


     मर्दी न्युज    
     माघ ११ गते २०७६ मा प्रकाशित


Mardi News

फोटोः एजेन्सी

पोखरा, ११ माघ । टर्कीमा शक्तिशाली भूकम्प जाँदा करिब २० जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी हराइरहेको समाचारमाध्यमले जनाइरहेका छन् भने सयौं घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा ६.८ म्याग्निच्यूडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ ।

भूकम्पमा परी करिब १ हजारभन्दा बढी घाइते भएको एएफपीले जनाएको छ ।

टर्कीको डिजास्टर एण्ड इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीका अनुसार हालसम्म ६० पटक परकम्प गएको बिबिसिले जनाएकोछ ।

भूकम्पपछि उद्धार जारी रहेको छ । उद्धारकर्ताहरु भत्किएका भवनमा मान्छे चापिएको छन् या छैनन् खोजी रहेका छन् ।

भूकम्प गएको क्षेत्र राजधानी अङ्काराबाट करिब ५५० किलोमिटर पूर्वतिर पर्ने र त्यस क्षेत्रमा जनसंख्या त्यति धेरै नभएका कारण क्षति र मृत्यु हुनेको संख्याबारे थप विवरण आउन समय लाग्न सक्ने बताइएको छ ।