‘सहकारी सुशासनका लागि समुदाय नै जिम्मेवार’

-


     मर्दी न्युज    
     माघ १३ गते २०७६ मा प्रकाशित


Mardi News

स्याङ्जा, १३ माघ । नेपाल बचत तथा ऋण केन्द्रीय संघ गण्डकी प्रदेशका कार्यालय प्रमुख भरत न्यौपानेले सहकारी सुशासनका लागि समुदाय जिम्मेवार हुनुपर्ने बताएका छन् । सोमबार स्याङ्जामा आयोजित सहकारी संस्थाको सुशासनमा व्यवस्थापकहरुको भूमिका एवम् सहकारी ऐन २०७४ नियमावली तथा २०७५ का विशेषताहरु विषयक कार्यशाला गोष्ठीमा सो कुरा बताएका हुन् ।

प्रमुख प्रशिक्षक समेत रहेका न्यौपानेले सहकारीहरुले समयमा वार्षिक साधारण गर्छ कि गर्दैनन् ? सहकारी सिद्धान्तमुताविक खुला सदस्यता र प्रजातान्त्रिक नियन्त्रणको अवस्था कस्तो छ भन्ने कुराले सहकारी सुशासनको अवस्था मापन हुने बताए ।

अर्का प्रशिक्षक अनन्तकुमार श्रेष्ठले स्याङ्जा जिल्लाका सहकारीको सुशासनमा प्रबन्धकको भूमिका र सहकारी ऐन तथा नियमावलीबारे प्रष्ट्याएका थिए ।

जिल्ला सहकारी संघको आयोजनामा भएको कार्यक्रम अध्यक्ष लक्ष्मीपति पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन शिव वाग्लेले गरेका थिए ।