चितुवाको आक्रमणबाट बन्दीपुरमा १० वर्षीय बालकको ज्यान गयो

-


     मर्दी न्युज    
     माघ १४ गते २०७६ मा प्रकाशित


बन्दीपुर, १३ माघ । तनहुँको बन्दीपुर गाउँपालिका-४ लोहीपाखामा सोमबार साँझ चितुवाको आक्रमणमा परी एक बालकको ज्यान गएको छ । गाउँमा भएको भोज कार्यक्रममा सहभागि भई आमासंगै घर र्फकदै गरेका १० वर्षीय इशक सुनारलाई बाटोमा अचानक चितुवाले आक्रमण गरेको थियो ।

आमा पविता सुनारसंगै अन्य ३/४ जना बालबालिकाहरु गाउँमा भएको छेवोरको भोज खाएर घर तर्फफर्कने क्रममा बाटोमै चितुवाले आक्रमण गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी गराए । अध्यक्ष थापाका अनुसार आमाको अगाडि अन्य बालबालिकासंगै हिडेका इशकलाई चितुवाले आक्रमण गरी करिब ५० मिटर तल खोल्सामा फालेको र उनको घटनास्थलमै मृत्यु भएको हो।

पृथ्वीराजमार्गको विमलनगर स्थित नयाँपुलबाट करिब २ किलोमिटर माथी भएको उक्त घटनास्थलमा डिभिजन वन कार्यालय तनहुँको टोली पुगेको घटनाको अवस्था जाँचबोझ गरी चितुवा नियन्त्रणमा लिन आवश्यक तयारी गरिएको सहायक वन अधिकृत विजयचन्द्र देवकोटाले बताए ।

तनहुँको भानु, शुक्लागण्डकी नगरपालिका, आँवुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवा आतंक बढ्दै गएको छ । यस क्षेत्रमा करिब दुइ वर्षको अबधिमा यो सहित नौ जना बालबालिकाले ज्यान गुमाएका छन्। भञ्ज्याङबाट