ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

-


     मर्दी न्युज    
     २० माघ २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, २० माघ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो ।

निगमले विज्ञप्ति जारी गर्दै नयाँ मूल्य सूचीअनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ बढाई ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पु¥याएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भने प्रतिलिटर १÷१ रुपैयाँको दरले घटाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल ९९÷९९ रुपैयाँ पर्ने निगमले जनाएको छ भने हवाई इन्धनको मूल्य यथावत राखेको छ ।