
पोखरा, ४ फागुन । गण्डकी प्रदेश सरकार गठन भएको २ वर्षका उपलब्धी २ सय १४ बुँदामा सार्वजनिक गरेको छ । आज आइतबार फागुन ४ गते प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको छ । यसैबीच आज बिहान एक कार्यक्रम गरी प्रदेश सरकारले उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गरेको हो ।
२०७४ फागुन ४ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको सपथ लिएका थिए । सरकार गठन भएको दिनलाई नै गण्डकी प्रदेश सरकारले प्रदेश दिवस मान्दै आएको छ ।
तत्कालीन प्रदेश प्रमुख बाबुराम कुँवरसँग मुख्यमन्त्रीको सपथ लिएका पृथ्वीसुब्बा गुरुङले रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ खुवाएका थिए । २ सदस्यीय मन्त्रिपरिषद् गठन गरी सोही दिन तत्कालै बसेको बैठकले केही दूरगामी महत्वका निर्णय लिएको थियो । त्यसमध्ये महत्वपूर्ण २ वर्षभित्र सबै घरमा आधारभूत खानेपानी र बिजुली पुर्याउने सरकारको निर्णय थियो ।
आफ्नो दुई वर्षको उपलब्धिलाई समेटेर पुस्तक तयार गरेको छ ।
पूरा पुस्तक पढ्न तल क्लिक गर्नुहोस् ।