सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

-


     मर्दी न्युज    
     ८ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, ८ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिइसकेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनमा जानकारी गराउँदै भने, ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ ।’ उनले सदनमा भनेका छन्– अनौपचारिक रूपमा राजीनामा गरेको जानकारी प्राप्त भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० करोड रुपैयाँ कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो ।