फाइल तस्विर
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गरेको छ ।
मन्त्री खतिवडाले आइतबार सिंहदरबारस्थित सञ्चार मन्त्रालय पुगी पदभार लिएका हुन् । उनले पदभार ग्रहणको अवसरमा मातहतका कर्मचारीलाई सक्रिय रुपमा काम निर्देशन दिए ।
उनले गौरवपूर्ण इतिहास बोकेका सरकारी सञ्चार माध्यमहरुले अब नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न गुणस्तरीयता र सार्वजनिक जवाफदेहिताको पाटोलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार गोकुल बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्त्री खतिवडालाई जिम्मेवारी तोकिएको थियो ।