बुधबार पहिलो घण्टामा ३३.४५ अंकले बढ्यो नेप्से

-


     मर्दी न्युज    
     फागुन १४ गते २०७६ मा प्रकाशित


फागुन १४, काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३३ दशमलव ४५ अंकले बढेर १ हजार ५७८ दशमलव ६५ विन्दुमा पुगेको छ । १ हजार ५४७ दशमलव २१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा २ दशमलव १७ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार पनि बैंकिङ तथा बीमा समूहमा झुम्मिएका छन् ।

बुधवार पहिलो घण्टाको कारोबारमा १ सय ७४ ओटा कम्पनीको ७ हजार ८६१ पटकको कारोबारमा २४ लाख ४२ हजार ३४४ कित्ताको रू. १ अर्ब २१ करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ४३९ मा कारोबार भइरहेको छ ।