
कोलकाता, १५ फागुन । पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा पोखरेली पर्यटन व्यावसायी तथा पत्रकारको टोली साताव्यापी भारत भ्रमण तथा पर्यटन प्रबर्द्धनका कार्यक्रम सकेर आज पोखरा फर्किएको छ ।
फागुन १३ गते कोलकाताको एक होटलमा भएको अन्तक्रिया तथा बी टु बी सेल्स कार्यक्रमबाट पोखरेली व्यवसायीहरु उत्साहित देखिएका छन । व्यावसायीहरुको सम्मानमा कोलकाता इन्टरप्राइजिङ ट्राभल एजेन्टस् एशोसियसन (ईटीएए) ले विशेष कार्यक्रम राखेको थियो ।

पश्चिम बङ्गालको सुदृढ अर्थतन्त्र र विशाल जनसंख्या भएको तथा भाषागत समस्या पनि नभएकोले नेपालमा पर्यटन बजारको सम्भावना हुने कुरामा आफुले विश्वास लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनु भयो ।

पश्चिम बङ्गालमा नेपाल एयरलाइन्सको नियमित उडान हुनुपर्ने कोलकाताबासी व्यवसायीहरुको माग छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकृत जयशक्ति सराफले नेपाल र पोखराका पर्यटन बारेमा जानकारीमूलक श्रब्यदृश्य प्रस्तुति गर्नुभएको थियो ।