प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार

-


     मर्दी न्युज    
     १८ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

मृगौला प्रत्यारोपणका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीको मृगौला त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण बताइएको छ ।