राजविराजमा सातौं राष्ट्रियव्यापी जुडो प्रतियोगिता सुरु

-


     मर्दी न्युज    
     फागुन २० गते २०७६ मा प्रकाशित


Mardi News

फोटोः प्रथम छन्त्याल

प्रथम छन्त्याल
राजविराज, २० फागुन । सप्तरीको राजविराजस्थित राज रङ्गशालामा सोमबारदेखि स्व. लोकेन्द्रकुमार श्रेष्ठ स्मृति सातौं राष्ट्रियव्यापी जुडो प्रतियोगिता सुरु भएको छ ।

सप्तरी जिल्ला जुडो संघको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । नेपाल जुडो संघका अध्यक्ष दीपक बज्राचार्यले उद्घाटन गरेको उक्त प्रतियोगितामा तीन विभागीय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै कास्की, काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, पर्सा, बारा, सुनसरी, सिरहा, मोरङ, उदयपुर, झापा, बाँके, बर्दिया, इलाम, रसुवा, कैलाली, गोरखा, नुवाकोट, कंचनपुर आयोजक सप्तरी गरी २५ टिमको सहभागिता रहेको छ ।

मारुती ग्यास उद्योग प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको फाइनल खेल आज मगलवार हुने आयोजक समितिले जनाएको छ ।