
पोखरा, १२ फागुन । नेपाली बजारमा छापावाला सुनको मूल्यले नयाँ कीर्तिमानी अंक कायम गरेको छ । नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार शुक्रवार छापावाला सुनको मुल्य प्रतितोला ८२ हजार ५०० रुपैँया पुगेपछि हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ ।
त्यस्तै तेजावी सुनको प्रतितोला मुल्य ८२ हजार २०० मा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदीको मुल्यमा आज १० रुपैया बढ्न गई ८ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको विज्ञहरुको भनाई छ ।