तस्बिरमा पोखराको होली

-


     मर्दी न्युज    
     फागुन २६ गते २०७६ मा प्रकाशित


mardi news

पोखरा, २६ फागुन । आज फागु पूर्णिमा अर्थात् होली पर्व । आज सोमबार परेको होली पर्व नेपालका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै छ । पोखराको बजार महेन्द्रपुल, पृथ्वीचोक, रामबजार, अमरसिंह क्षेत्रमा कम चहलपहल छन् ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड, खपौदी, पामेलगायत विभिन्न ठाउँमा युवा युवती, बालबालिका तथा विदेशी पर्यटक होली मनाउँदै छन् ।

सधैं होलीमा कार्यक्रम आयोजना गर्ने लेकसाइड क्षेत्रमा कार्यक्रम स्थगित गरिएपनि होली खेल्ने युवायुवती, बालबालिका तथा विदेशी पर्यटकहरु होलीमा रमाइरहेका छन् ।

पहाडी क्षेत्रमा होली पर्व आज मनाइने भए पनि तराईँमा भने फागु पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।