शेयरबजार रातम्मे, आजको कारोवार बन्द

-


     मर्दी न्युज    
     फागुन २७ गते २०७६ मा प्रकाशित


पोखरा, २७ फागुन । शेयर बजारमा लगातार तेस्रो पटकसम्म ६ प्रतिशतले घटेपछि ब्रेक लागेको छ । कारोबार शुरु भएको एक घण्टा बित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ११ बजेर ५९ मिनेटमा ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको थियो ।

पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक पनि १२ः३० मा ५.०२ प्रतिशतले बजार घटेर ४० मिनेटको लागि पुनः ब्रेक लाग्यो ।

त्यसपछि खुलेको शेयर कारोबार ६ प्रतिशतले घटेपछि तेस्रो पटक ब्रेक लागेको छ । १ बजेर १३ मिनेटमा ६ प्रतिशतले घटेको थियो । योसँगै नेपाल स्टक एक्सचेञ्जले आजका कारोबार पूर्ण रुपमा बन्द गरेको छ ।