काहुँको जंगलमा भिषण आगलागी

-


     मर्दी न्युज    
     फागुन २९ गते २०७६ मा प्रकाशित


खेम गुरुङ
पोखरा, २९ फागुन । पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँको धारापानी सामुदायिक वनमा बिहीवार साँझ भिषण आगलागी भएको छ । अहिले साँझ भएको आगलागीबाट मानवीय क्षति भने नभएको धारापानी सामुदायिक वनका अध्यक्ष तिलक क्षेत्रीले बताए । दिउँसो तीनबजेबाट सुरु भएको आगलागी साँझ ७ बजेपछि ठूलो रुप लिएको उनले बताए ।

मणिपाल शिक्षण अस्पतालभन्दा माथिको जंगलमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित महानगरपालिकाको दुईवटा दमकम त्यसतर्फ गइरहेको स्थानीयले बताए । जंगलमा भएको कारण दमकल आगलागी भएको ठाउँमा पुग्न सकेको भने छैन ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।