पोखरा, ३० फागुन । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रवार ३ हजार रुपैयाँले घटेर तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुनको प्रति तोलाको ८१ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो । यसैगरी गत बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।
यस्तै शुक्रवार तेजाबी सुन तोलाको ७८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी तोलाको ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबारको तुलानामा चाँदी ४० रुपैयाँले कम हो ।
विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको प्रभाव यतिखेर विश्व अर्थतन्त्रमा परेको छ । कोरोनाले विश्वका केही मुलुकको अर्थतन्त्रमा असर पार्ने संकेत देखिएकाले सुनको मूल्यमा उचारचढाव भएको विश्लेषकहरुको भनाई छ ।