इन्धनको मूल्य २ रुपैयाँ घट्यो

-


     मर्दी न्युज    
     चैत्र ३ गते २०७६ मा प्रकाशित


पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन अनुसार पेट्रोल डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घटाएको छ । एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने यथावत नै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै सरकारले ‘स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य घटाएको हो ।

नयाँ मूल्य सोमबार मध्य राती १२ बजेदेखि लागु हुनेछ । नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।