ब्रेकिङ : एसईई परीक्षा स्थगित

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०७६ मा प्रकाशित


फाइल तस्विर

काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिए । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

यसैगरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा हाललाई स्थगित भएको जनाएका छन्।

यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । एसईई परीक्षा भोलि चैत ६ गतेदेखि तोकिएको थियो । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।