पोखरा, ९ चैत । विश्भर महामारीको रुप लिएको कोभिड—१९ बच्न पोखरा महानगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगन गरेको विज्ञप्तिमार्फत जनाएको छ । आइतबार महानगरले विज्ञप्ति जारी गर्दै चैत्र २१ गते सम्मका लागि अत्यावश्यक सेवा सरसफाई, दमकल र स्वास्थ्य जस्ता सेवाहरु बाहेकका अन्य सेवा उपलब्ध नहुने जानकारी गराएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन कुनैपनि अफवाहको पछि नलागि आवश्यक सचेतना अपनाउन महानगरको आग्रह छ । अनावश्यक रुपमा भिडभाडमा नजान, संयमित रहन, सम्भावित जोखिमहरुलाई आधार बनाएर खाद्यन्न, ग्यास, तेल तथा अन्य पेट्रोलियम पदार्थको कृत्रिम अभाव नगर्न पोखरा महानगरपालिकाले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।