
पोखरा, ९ चैत्त । देशभरिका सरकारी कार्यालयमा अत्यावश्यक सेवा बाहेकका नियमित सेवा सोमबारबाट बन्द हुँदैछन् । जिल्ला र प्रदेशस्थित सरकारी कार्यालयले नियमित सेवा सोमबारदेखि चैत्त २१ गतेसम्मका लागि सेवा बन्द गर्ने जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भूषालले प्रधानमन्त्रीको सम्बोधन बमोजिम नै कार्यालयले दिने सेवाहरु स्थगित गरिएको बताए । सेवा बन्द भएपनि कार्यालय सञ्चालनमा रहने र कर्मचारी समेत नियमित आउनुपर्ने थप भुषाले बताए । कास्की जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी अत्यावश्यक बाहेकको सेवाहरु तात्कालका लागि बन्द गरिएको जनाएको छ ।
