काठमाडौं, ९ चैत । सरकारले भोलि सोमबार बिहान १० बजेदेखि भारत र चीनसँगको सीमा नाका एक साताका लागि आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो ।